राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन

Image
Nisarga Hospital

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयन हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

CP Hospital Dhangadhi

उमेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।  पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

Attariya Hospital

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

nawajiwan