सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आजका लागि कतिमा हुँदै छ त कारोबार?

Image
Nisarga Hospital

सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम थियो ।

Attariya Hospital

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

nawajiwan