सडक दुर्घटनामा ज्यान गुमाएकी खेलाडी खड्काको परिवारलाई राखेप सदस्य कुँवरको सहयोग

Image
Nisarga Hospital

धनगढी:  सडक दुर्घटनामा ज्यान गुमाएकी खेलाडी निता खड्काको परिवारलाई राखेप सदस्य एकेन्द्र कुँवरको सहयोग गरेका छन ।

CP Hospital Dhangadhi

गत पुस १४ गते मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्कने क्रममा दुर्घटनामा परि निधन भएकी उसु खेलाडी खड्काको परीवारलाई सदस्य कुँवरले सहयोग गरेका हुन् ।

Attariya Hospital

धनगढी उपमहानगरपालिका – १२ जुगेडास्थित खड्काको घरमा पुग्दै परिवारजनलाई भेटेका कुँवरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुका साथै राखेपबाट पनि सहयोग उपलब्ध गराउँने प्रतिबद्धता जनाएका हुन् ।

nawajiwan

प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई ट्रकले ठक्कर दिँदा खड्काको निधन हुनुका साथै ११ जना खेलाडीहरु घाइते भएका थिए