दिपायल सिलगढी नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पप माविलाई

Image
Nisarga Hospital

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले हात पारेको छ ।

CP Hospital Dhangadhi

दिपायल सिलगढी नगरपालिकाद्वारा प.प.मा.वि. र टुडिखेलमा पुस २६ देखि २८ गतेसम्म आयोजित प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ११ काश्य पदक सहित विजेता बनेको हो ।

प्रतियोगितामा ९ स्वर्ण, १६ रजत र ७ काश्य पदक जितेर सुजङ बोर्डिङ्ग स्कुल राजपुर दोस्रो भएको छ भने ९ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर सहिद स्मृति आवासीय माध्यमिक विद्यालय राजपुर तेस्रो बनेका छन् ।

nawajiwan
Attariya Hospital

शनिबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिं खड्काले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासनपुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतियोगिता नगरभित्रका १६ वटा विद्यालयको सहभागिता रहेकोे समापन कार्यक्रमका सभा अध्यक्ष एवं दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले जानकारी दिए ।
कुन विद्यालयले कति पदक जिते हेर्नुहोस्-