सामाजिक संजालमा देउवाको छोराको चर्चाः माघ २१ गते देउवाका छोरा जयवीरसिंह बिहे गर्दै

Image
Nisarga Hospital

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्।

CP Hospital Dhangadhi

देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन्।

छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन्। प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे।

बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।

शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन्।

उनी कभर गायक पनि हुन्। जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

Dhnagadhi & Krishanapur