गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

Image
Nisarga Hospital

क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई छन् ।

CP Hospital Dhangadhi

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए । सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur