बैतडीको अर्जुन माविको ७५ औँ वार्षिकोत्सब कार्यक्रम आज उद्घाटन

Image
Nisarga Hospital

बैतडी:जिल्लाको सिगास गाउँपालिका स्थित वडा नम्बर ०२ को गाँजरीमा अर्जुन माविले ७५औँ वार्षिकोत्सब कार्यक्रम सफलता साथ उद्घाटन गरेको छ|गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीको प्रमुख आतिथ्यतामा अर्जुन माविको ७५औँ वार्षिकोत्सब उद्घाटन समारोह सफलताका साथ सम्मपन्न गरिएको हो।

CP Hospital Dhangadhi

गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष लगायतका कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि,विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि,सुरक्षा कर्मी र स्थानीय बासीको बाक्लो उपस्थितिमा उद्घाटन समारोह सम्पन्न गरिएको अर्जुन माविमा प्रधानाध्यापक रनबिर सिंह धामीले बताउनुभयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धामीले विद्यालयको बिकास र गुणस्तरीय शिक्षा प्रदानका लागि आफुल पुर्ण सहयोग गर्ने र वडा नम्बर ०२ र ०१ बासिले अझै मिलेर सहकार्य गर्नुपर्ने जनाएका छन्।अध्यक्ष धामीले विद्यालयको बिकासका लागि विद्यालय व्यवस्थापन समिति राम्रो चयन गरिनुपर्ने र गाउँपालिका संग समुन्वय गर्नु पर्ने कुरामा जोड दिएका छन्।

अर्जुन माविको स्थापना बि.सं.२००७ सालमा स्थापना गरिएको थियो भने अहिले अर्जुन माविले आफ्नो स्थापना कालका ७५ बर्ष पार गरेको छ।यस बिद्यालयमा कक्षा १२(+२) सम्मको पढाइ हुन्छ भने कक्षा (९-१२) को कृषि प्राविधिक शिक्षा पनि पढाइ हुने गर्दछ।

Dhnagadhi & Krishanapur