
बैतडी: मैयादेवी मेमाेरियल उन्नाईस वर्षमुनिको महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिमकाे टाेली घाेषणा गरिएको छ। स्नेहा महराकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयो ।

टाेलीका अन्य सदस्यहरूमा जानकी थापा,करिस्मा थापा,अनु कडायत,सावित्री धामी,चेतना कुँवर,रविना साउँद र मनिशा बाेहरा रहेका छन्। यस्तै निलम पाण्डे, गंगा खड्का,सविना नेगी,हिलिसा खड्का,निशा खडायत र कमला महरा पनि अन्तिम १४ मा अटाएका छन्।
यसका साथै सविना दाैल्याल,रविना धामी, रेजिना कुँवर र कमला चन्द वैकल्पिक खेलाडीका रूपमा छानिएका छन्। बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनाैटमा परेका हुन्।




नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघकाे आयाेजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता माघ १२ गतेदेखि हुदैछ।
चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगितामा सुदूरपश्चिमले उद्घाटन खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ ।
नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हाे। प्रतियोगितामा देशका ७ वटै प्रदेशका टाेलीकाे सहभागीता रहने जनाएको छ।
सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ ।


































