केही दिन स्थिर रहेको सुनको मूल्य आज भने घट्यो ! आजका लागि कतिमा हुदै छ त सुनचाँदीको कारोबार ? जानकारी लिनुहोस

Image
Nisarga Hospital

बिहीबार सुनकाे मूल्य घटेकाे छ। लगातार चार दिनसम्म स्थिर रहेकाे सुनको मूल्य आज घटेकाे हाे। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियाे।

CP Hospital Dhangadhi

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ थियो ।

Attariya Hospital

सोही मूल्यमा लगातार ४ दिनदेखि सुनको कारोबार भएको थियो । यस्तै, सुनको मूल्य घटेपनि आज चाँदीेको मुल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

nawajiwan