गोदावरीधाममा लागेको बाह्रराशि दर्शन मकर मेला सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघ १ गतेबाट सुरु भएको बाह्रराशि दर्शन मकर मेला शुक्रबार सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

१२ दिनसम्म चलेको उक्त मेलाको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले एक समारोहका बीच समापन गरेका हुन। समापन कार्यक्रममा बोल्दै मन्त्री देउवाले प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकका रुपमा बाह्रराशि दर्शन मकर मेलाको भौतिक र आध्यात्मिक विशिष्ट महत्व रहेको बताए।

उनले सुदूरपश्चिम प्रदेशको पवित्र देव भूमिको प्रसिद्ध तीर्थस्थल गोदावरी धाम नेपाल र भारतका विभिन्न स्थानबाट भक्तालु तथा दर्शनार्थीहरुको अस्थाको केन्द्र बन्दै गएकाले यसले धार्मिक पर्यटनलाई समेत टेवा पुर्‍याएको बताए। मकर मेला भर्न सुदूरपश्चिमलगायत सीमावर्ती भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन सहभागी भएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur