यमनमा साउदी हवाई आक्रमणः १४ जनाको मृत्यु, १० घाइते

Image
Nisarga Hospital

यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार आक्रमणमा महिला तथा बालबालिका पनि प्रभावित भएका छन्।

CP Hospital Dhangadhi

टेलिभिजनका अनुसार प्रान्तीय राजधानी अल–हाज्मस्थित सार्वजनिक बजारमा पटकपटक हवाई आक्रमण गरिएको थियो। त्यस्तै, नजिकै रहेको अल–तैसीर इन्धन केन्द्रमा पनि छुट्टै आक्रमण भएको थियो। सुरुमा १२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिए पनि पछि मृतकको सङ्ख्या बढेर १४ पुगेको जनाइएको छ। हताहतीको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।

यद्यपि, घटनामा भएको मानवीय क्षतिसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। हुथी सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हुथी विद्रोही र साउदी समर्थित यमनी सरकारी सेनाबीच द्वन्द्व जारी रहेका बेला उक्त आक्रमण भएको हो। सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि देश द्वन्द्वमा फसेको थियो। त्यसपछि यमनी सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा युद्धमा हस्तक्षेप गरेको थियो।

Dhnagadhi & Krishanapur