
अत्तरियाः गोदावरी नगरपालिकाको ११ मा पर्ने मुहना सिचाई आयोजनाको हेडवर्कमामा बर्षातको समयमा आएको बाढीका कारण क्षती लाई अपग्रेड आबश्य रहको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा बताए ।

यस क्षेत्रका जनताहरुको आवश्यकता र भौतिक क्षतीलाई के कसरी सामाधान गर्न सकिन्छ, यस योजनाको बारेका मान्त्रलयमा आवश्यक छलफल पश्चात बजेटका लागि पहल गर्ने बताए ।




उक्त सिचाँई आयोजनालाई संचालनमा ल्याउनका प्रदेश सरकारद्वारा निर्माण गरेको सिचाई आयोजनालाई सुचारु गर्न र के कति संरचनात्मक सुधार गर्न आवश्यक छ , उक्त ठाउँको अबलोकनका लागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सांसद प्रकाश बम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, गोदावरी नगरपालिका वडा न. १०, ११ र १२ का वडा अध्यक्ष, सदस्य लगायत स्थानिय समाजसेवीको उपस्थितिमा शनिबार स्थलगत अनुगमन भएको छ ।
उक्त सिचाई आयोजना २०४५ सालमा निर्माण गरिएको भएपनि १० बर्ष सञ्चालनमा आएर २०५५ सालदेखि बन्द रहेको थियो । उक्त नहर केही बर्ष अघि सुदूरपश्चिम पर्देश सरकार बाट आएको बजेटले मर्मत पछि संचालनमा आएको हो ।
३३ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने योजना अनुसार मोहना सिचाई आयोजना निर्माण गरिएको भएपनि हाल १५ हेक्टर क्षेत्रफलमा सिचाई सेवा दिँदै आएको छ ।
‘हाल सिचाई नहरमा प्रयाप्त पानी नहुँदा समस्या भएको छ’ उनले भने ‘सिचाई नहरको पानी सबैलाई पु-याउनका लागि समय तालिका अनुसार पानी वितरण गर्न आवश्यक छ । नहरको पानी पुछार सम्म पु-याउन सबैको सहकार्य आवश्यक पर्छ ।’
यस क्षेत्रका किसानहरुको मुख्य पानीको स्रोतको रुपमा रहेको मुहना सिचाई आयोजनालाई पूर्ण क्षमतामा संचालनका लागि प्रदेश र स्थानिय सरकारको सहयोगका लागि स्थलगत अनुगमन गरेको हो ।
केन्द्र र प्रदेशले विनियोजन गरेको बजेटले सिचाई आयोजना, चौकीडाँडा फल्टुडे सडक को स्तरोन्नतीका लागि बजेट थप्नुपर्ने अवस्था रहेको बताएका छन । उक्त सडकको स्तरोन्नती सम्भव नभएकाले अझै त्यसको पुर्णताका लागि बजेट विनियोजन गरिनुपर्ने बताए ।
‘यो क्षेत्रको मुलभुत आवश्यकता भनेको चौकिडाँडा फल्टुडे सडकको स्तरोन्नती गर्दै यसलाई पक्कि सडक बनाउनु हो, त्यसका लागि केही बजेट केन्द्रबाट छुट्याउन सफल भएका छौ भने केही बजेट प्रदेशबाट सहयोग गर्नुभएको छ’ उनले भने ‘तथापी त्यो बजेटले पनि यसको काम पुर्ण हुने अवस्था छैन । त्यसैले यो सडकको पुर्णताका लागि अझै बजेट विनियोजन गरिदिन म मन्त्रीज्यूलाई आग्रह गर्दछु ।’






































