शिवनाथमा पहिलो पटक विद्युत,जाेडियाे राष्ट्रिय प्रशारण लाईन

Image
Nisarga Hospital

बैतडी: बैतडीको शिवनाथ गाउँपालिकामा पहिलोपटक विद्युत पुगेकाे छ। पालिका केन्द्र सुल्लेखानसम्म आइतबार राष्ट्रिय प्रशारण लाईन जाेडिएसंग विद्युत पुगेकाे हाे ।

CP Hospital Dhangadhi

आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले विद्युतको समुद्घाटन गर्नु भएको छ।

एक औपचारिक कार्यक्रमका बीच गरिएको विद्युत समुद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि सहित विद्युत वितरण केन्द्रका प्रमुख जनार्दन पौडेल लगायत विद्युत वितरण केन्द्रका कर्मचारी, स्थानीय सेवाग्राहीहरुको सहभागिता रहेको थियोे । पहिलो पटक राष्ट्रिय प्रशारण लाईन पुगेपछि स्थानीयहरु खुसी भएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गाउँपालिकाको केन्द्रमा विद्युत समुद्घाटन गरिएको र लगत्तै ग्रामणि क्षेत्रमा विस्तार हुने गाउँपालिकाले जनाएको छ।
विद्युत पुगेसंगै गाउँपालिकाकाे सेवा प्रवाह छिटोछरितो हुने विश्वास गरिएको छ।

Dhnagadhi & Krishanapur