बैतडीका पाँच स्थानीय तहमा खेलकुद समिति बिस्तार

Image
Nisarga Hospital

बैतडी: बैतडीका थप ३ स्थानीय तहमा खेलकुद समिति बिस्तार भएको छ। जिल्ला खेलकुद समितिको बैठकले पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खेलकुद समिति बिस्तार गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयाे।

CP Hospital Dhangadhi

पुर्चाैडी नगरपालिकाको नगर खेलकुद समिति अध्यक्षमा अमिर ओड चयन भएका छन। सदस्यहरुमा गणेश बहादुर धामि, अनिता धनुषे र गणेश बहादुर कुवँर चयन भएका छन। डिलाशैनीको अध्यक्षमा बिरेन्द्र बहादुर बोहरा चयन भएका छन। सदस्यहरुमा कल्पना राना, लबराज धामि र मदन नाथ चयन भएको जिल्ला खेलकुद समितिका अध्यक्ष भण्डारीले बताउनुभयाे।

यसैगरी पञ्चेश्वरको अध्यक्षमा नबिन भण्डारी चयन भएका छन। सदस्यहरुमा बलबिर जोशी, राकेश चन्द र रेनु चन्दलाई चयन गरिएको जनाईएको छ।खेल क्षेत्रमा आबद्ध ब्यक्तिहरुलाई चयन गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि जिल्लाको पाटन र मेलौली नगरपालिकामा समिति गठन गरिएको थियो। बाँकी रहेका स्थानीय तहहरूमा पनि छिट्टै खेलकुद समिति बिस्तार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।

Dhnagadhi & Krishanapur