भालुको आक्रमणबाट घाइते डोटी आदर्शकी देउसरालाई धनगढी रिफर

Image
Nisarga Hospital

डोटी: भालुको आक्रमणबाट घाइते भएकी डोटीको आदर्श गाउँपालिका २ कुचेडाकी देउसरा बोहरालाई धनगढी रिफर गरिएको छ ।

CP Hospital Dhangadhi

घर नजिकैको वनमा घाँस काट्न गएको बेला शेर बहादुर बोहराकी श्रीमती वर्ष २४ की देउसरालाई शनिबार दिउँसो करिब पौने चार बजेको समयमा भालुले आक्रमण गरि घाइते बनाएको थियो । भालुको आक्रमणबाट बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ ।

Attariya Hospital

उनलाई आदर्श गाउँपालिकाको मौवा स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर सिताराम बिष्टले जानकारी दिए ।

nawajiwan