डा. शर्मा प्रधानन्यायाधीशमा सिफारिस: न्यायिक इतिहासमा नयाँ मोड

Image
Nisarga Hospital

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। न्यायपरिषद्को बिहीबारको बैठकले उनलाई प्रस्ताव गरेको हो। हालको रोलक्रमको चौथो स्थानमा रहेका शर्मा वरिष्ठतम् न्यायाधीशहरूलाई उछिन्दै सिफारिस हुने पहिलो उदाहरण बनेका छन्।

CP Hospital Dhangadhi

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्। २०७६ सालमा सर्वोच्च अदालतको न्यायाधीश बनेका शर्मा ६ वर्षे पूर्ण कार्यकाल पूरा गर्ने अवसर पाउने सम्भावनामा छन्। उनी २०२७ साल असार ४ गते पर्सामा जन्मिएका हुन् र २०९२ सालमा ६५ वर्ष पुग्नेछन्।

Attariya Hospital

नेपाल ल क्याम्पसबाट स्नातक र भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शर्माले श्रम कानुनमा विद्यावारिधि गरेका छन्। यसअघि पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा सेवा गरेका उनी पछि सर्वोच्च अदालतमा सिफारिस भई अनुमोदित भएका थिए। हालका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछाडि पार्दै उनको नाम सिफारिस भएको हो। संवैधानिक परिषद्को निर्णयपछि प्रक्रिया अघि बढेको छ। सुनुवाइपछि नियुक्ति प्रक्रिया टुंगिनेछ र कार्यकाल सुरु हुनेछ।

nawajiwan