धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

Image
Nisarga Hospital

धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे गएको भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो।

CP Hospital Dhangadhi

भूकम्पको केन्द्रविन्दु चराङ्गे फेदी क्षेत्र रहेको जनाइएको छ। धक्का महसुस भएसँगै केही समय सर्वसाधारण त्रसित बनेका थिए। यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

Attariya Hospital

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले साना तथा मध्यम खालका भूकम्प नियमित रूपमा जाने गरेका छन्।

nawajiwan