अन्डाको मूल्य फेरि उकालो, प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि

Image
Nisarga Hospital

नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य पुनः वृद्धि गरेको छ। संघको सोमबार बसेको बैठकले उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो। एक साताको अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ।

CP Hospital Dhangadhi

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५४५ रुपैयाँ पुगेको छ। यसअघि ४ जेठदेखि लागू भएको दरमा यो अन्डाको मूल्य ५३० रुपैयाँ थियो। ठूलो अन्डाको मूल्य ५३० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५०० रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य ४०० रुपैयाँ तोकिएको संघले जनाएको छ।

Attariya Hospital

उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत राखिएको छ। बर्डफ्लुका कारण कुखुरा मासिनु र बजारमा उत्पादन तुलनामा माग बढी भएको कारण देखाउँदै संघले सातापिच्छे मूल्य बढाउँदै आएको छ। संघ अध्यक्ष विनोद पोखरेलले उत्पादन लागत महँगो हुँदा किसानहरू पलायन हुने अवस्था आएको भन्दै मूल्य बढाउनु बाध्यता भएको बताएका छन्। बजारमा मूल्य समायोजन जारी रहने संकेत गरिएको छ।

nawajiwan