बजेट भाषणमा ३६० वस्तुको अन्तःशुल्क हटाइयो, जंक फुड र मदिरामा भारी कर वृद्धि

Image
Nisarga Hospital

सरकारले आर्थिक विधेयक २०८३ मार्फत कर संरचनामा ठूलो परिवर्तन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ३६० भन्दा बढी वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको घोषणा गरेका छन्। यसको उद्देश्य दैनिक उपभोग्य वस्तुमा करको बोझ घटाई उपभोक्तालाई राहत दिनु हो।

CP Hospital Dhangadhi

तर स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने वस्तुहरूमा भने कर वृद्धि गरिएको छ। मदिरा, सुर्तीजन्य पदार्थ, जंक फुड, पेय पदार्थ तथा केही औद्योगिक सामग्रीमा अन्तःशुल्क उल्लेखनीय रूपमा बढाइएको छ। कुरकुरे, चिप्स, बिस्कुट, पास्ता र बेकरी उत्पादनमा कर वृद्धि गरिएको छ भने इनर्जी ड्रिङ्स र सफ्ट ड्रिङ्समा पनि कर दोब्बरभन्दा बढी पुर्‍याइएको छ।

मदिरा क्षेत्रमा पनि कडा कर नीति अपनाइएको छ। बियर, वाइन, माल्ट बियर तथा कक्टेल जस्ता पेय पदार्थमा अन्तःशुल्क बढाइएको छ भने सुर्ती तथा चुरोटजन्य वस्तुमा पनि कर थपिएको छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, सुर्ती रहित पान मसला र सुपारीमा पनि कर बढाइएको छ। निर्माण सामग्री र रङरोगन उत्पादनमा समेत अन्तःशुल्क वृद्धि गरिएको छ।

सरकारले एकातर्फ आवश्यक उपभोग्य वस्तुमा कर हटाएर राहत दिने प्रयास गरेको छ भने अर्कोतर्फ स्वास्थ्य जोखिमयुक्त वस्तुमा कर बढाएर उपभोग नियन्त्रण गर्ने नीति लिएको देखिन्छ।