कीर्तिपुरमा खुकुरी प्रहार : पूर्वपरिचितबीच विवाद, एक युवकको मृत्यु

Image
Nisarga Hospital

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ। तीन जनाको समूहले गरेको आक्रमणमा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका २५ वर्षीय विपिन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

CP Hospital Dhangadhi

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेलाई तत्काल कीर्तिपुर अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो। घटना पछि प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको छ।

Attariya Hospital

एसपी भट्टराईका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी तीव्र पारिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीहरू पहिले पनि आपराधिक मुद्दामा संलग्न रहिसकेका युवा रहेको खुलेको छ। मृतक र आक्रमणकारीबीच पूर्वपरिचय रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र विस्तृत पृष्ठभूमिबारे थप अनुसन्धान जारी राखेको छ।

nawajiwan