
बैतडी: बैतडीमा ‘समुदायमा कांग्रेस’अभियान सञ्चालन गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि अभियानको सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताउनुभयाे।


अभियान अन्तरगत गाउँघर केन्द्रीत कार्यक्रम जारी रहेका र जनतासँगको भेटघाटमा पार्टी सक्रिय भएको जाेशीकाे भनाई छ।
अभियान आमसभा, गोष्ठी वा कुनै प्रचारप्रसार केन्द्रीत नभएकाे पार्टी जिल्ला उपसभापती बीरबहादुर बिष्टले बताउनुभयाे । उहाले भन्नुभयो,”याे अभियान प्रचारप्रसार केन्द्रीय हाेइन्,जनताको घरमा जाने सुख–दःुखका कुरा गर्ने, गाउँठाउँमा भएको विकास निर्माण हेर्ने, असल अभ्यासहरु हेर्ने, जन गुनासा र जन अपेक्षा अध्ययन गर्ने कांग्रेसले नेतृत्व गरेका वडाका कमजोरीहरु सच्याउन निर्देशन दिने, जनताका समस्या समाधान गर्ने, अहिले हामी केहिपनि भन्दैनौँ, जनधारणा अध्ययन गरिन्छ। ”
अभियानपश्चात प्रतिवेदन तयार गरि पार्टीलाई बुझाइने त्यसैका आधारमा पार्टीले आगामी निति तथा कार्यक्रम तय गर्ने विष्टकाे भनाई छ।




जिल्लाका ८४ ओटै वडाका लागि कार्यक्रम तय भएको तर जिल्ला कार्यसमितिको टोली भने १०ओटै स्थानियतहको एकएक ठाउँमा पुग्ने पार्टीका अर्का सचिव प्रेम बहादुर चन्दले बताउनुभयाे । अभियानमा कृषक समूह, क्लवहरु, गाउँठाउँमा रहेका विभिन्न क्षेत्रमा कार्यरत समिति तथा समूहहरुसंग भेटघाट र छलफल चलिरहेकाे जनाएको छ।

यस अभियानले पार्टीलाई चलायमान गराई जनअपेक्षा अनुरुपका कार्यक्रम तय गर्न सहज तुल्याउने अपेक्षा गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयाे।
अभियानका लागि हरिप्रसाद बोहरा केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएकाे छ।
जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थामा बारेमा अभियानका दौरान जानकारी लिइने बाेहराले बताउनुभयाे।
१६ माघबाट सुरु भएको यो अभियान माघ २६ गते टुङ्गिनेछ। सहिद दिवसकाे अवसरमा सहिद दशरथचन्दको जन्मघरबाट अभियान थालनी गरिएको थियाे ।


































