गोदावरीको सिम, चाप र नायलमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धि ३ दिने निःशुल्क शिबिर सम्पन्न

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १२ मा रहेका सिम, चाप र नायल क्षेत्रहरुमा गोदावरी नगरपालिकाको पशु विकास शाखाको आयोजनामा संचालित शिविरमा घरपालुवा जीव जनावरहरुको संरक्षण र रोगबाट जोगाउन कार्यक्रमको आयोजना गरेको हो ।

nawajiwan

नगरपालिका द्बारा आयोजित कार्यक्रममा ६५ महिला र ८९ पुरुष गरी १५४ जनाले सेवा लिएको जानकारी पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।

Attariya Hospital

तिन दिन सम्म चलेको शिबिरको कार्यक्रममा नगरपालिको पशु सेवा शाखाले ९१ ओटा कुकुरहरुलाई रोबिज बिरुद्धको खोप लगाउन लागेको हो ।खोप कार्यक्रम गोदावरी नगरपालिका – १२ को सिम, चाप र नायलका गाउँबस्तीको परिसरमा संचालन गरिएको पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।

किसानहरुलाई घर पालुवा जनवरहरुलाई नोक्सानीहुन बाट जोगाउन परजिवी बिरुद्धको औषिधि वितरण तथा उपचार सेवा पनि दिएको छ । यसै बिच गाई/गोरु ६८४ , भैसी/राँगा-९८, बाख्रा- ५१५२, कुकुर/बिरालो-१०८, कुखुरा- ५५ गरी जम्मा ६०९७ जनावरलाई औषधि बितरण गरिएको छ ।

शिवरकै समयमा किसानका १६२५ बाख्राहरुलाई पि.पि.आर र ९१ ओटा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाएका छन भने १५ ओटा बोकाहरुलाई बन्ध्याकरण गरेको समेत पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।