बैतडीको पाटन र श्रीकेदारमा निः शुल्क स्वास्थ्य शिविरबाट साढे चारहजार लाभान्वित

Image
Nisarga Hospital

बैतडी: बैतडीको पाटन र श्रीकेदारमा निःशुल्क स्वास्थ्य शिविरबाट साढे चारहजार व्यक्ति लाभान्वित भएका छन् । पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

एक दिने शिविरमा २ हजार १७ जनाले सेवा लिएका आयोजक पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले बताउनुभयाे । शिविरमा पाटन, सुर्नया, मेलौली लगायतका ठाउँका २ हजार १७ जनाले उपचार सेवा लिएका हुन्।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटील समस्या देखापरेकाले उनिहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग, कृष्ण मावि र पाटन प्राथमीक स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर गरिएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै दोगडाकेदार गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा सम्पन्न विशेषज्ञ सहितको दुई दिने निः शुल्क स्वास्थ्य शिविर मार्फत २५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
दुई दिने शिविरमा २५ सय बढीले सेवा लिएका आयोजक श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले बताउनुभयो। शिविरमा २५ सय २२ जनाले उपचार सेवा पाएको उहाँको भनाई छ।

यस्तै १ सय ३ जनाको काठमाण्डौमा उपचार हुने छ । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटील समस्या देखापरेकाले उनिहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको भट्टले बताउनुभयो। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटको आयोजनामा बृहत स्वास्थ्य शिवीर लागेको थियो ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको हो । यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा स्वास्थ्य निर्देशनालयले निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थियो भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।
शिवीरको उद्घाटन मोरङ क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले गरेका थिए।

Dhnagadhi & Krishanapur