बैतडीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुक्रबार देखि, तयारी पूरा

Image
Nisarga Hospital

बैतडीः बैतडीकाे मेलाैली नगरपालिकामा शुक्रबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदैंछ ।मेलाैलीमा पहिलोपटक जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता भइरहेको हाे।

CP Hospital Dhangadhi

मेलौली भगवती मन्दिरको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता आवश्यक तयारी पूरा भइसकेको आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

सह आयाेजक समेत रहेकाे मेलौली नगरपालिकाले पनि प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । बजार क्षेत्र सानो भएकाले पालिकाहरु खान र बस्न अलग–अलग व्यवस्थापन गरिएको मेलाैली नगर खेलकुद विकास समितिका अध्यक्ष सागर भण्डारीले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रतियोगितामा १० ओटै पालिकाका टीमहरुको सहभागिता रहनेछ। प्रतियोगिताको बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, १० वटै पालिकाका प्रमुख तथा उपप्रमुख रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यसैबीच प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । शुक्रबार बिहान ८ बजेदेखि खेलकुद प्रतियोगिता शुरु हुनेछ । यस्तै बिहान साढे ११ बजेदेखि साढे २ बजेसम्म प्रतियोगिता उद्दघाटन समारोह सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते हुने जनाइएको छ। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयाे।

यसैबीच प्रतियोगितालाई मर्यादित बनाउन नगरपालिकाले मर्छलेदेखि सलेनासम्मकाे क्षेत्रमा मदिरा निशेध गरेको छ।
गत बर्ष पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो। मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।

Dhnagadhi & Krishanapur