८ सय मिटर दौडमा सिगासलाइ थप १ स्वर्ण, अहिलेसम्म जम्मा स्वर्ण पदक ४ पुगे

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ थप १ स्वर्ण पदक थपिएको छ । शुक्रवार बाट मेलौली नगरपालिका अन्तर्गत मेलौली भगवती माताको खेलकुद मैदानमा जारी १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगासलाइ फेरि १ स्वर्ण पदक थपिएको हो ।

८ सय मिटर दौडमा श्री शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीकी छात्रा मञ्जु धामीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएकि हुन । यो सँगै सिगास गाउँपालिकाको ४ वटा स्वर्ण पदक पुगेको छ ।

nawajiwan

यस्तै आज सिगास गाउँपालिका बाट १५ सय मिटर छात्र दौडमा शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीका छात्र टेक सिंह बोहराले स्वर्ण पदक दिलाए भने १५ सय मिटर दौडमै सोही विद्यालयकी छात्रा देवकी कुमारी धामीले दोश्रो स्वर्ण पदक दिलाएकि हुन ।

यस अघि देवकी कुमारी धामीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन ३ हजार मिटर छात्रा दौडमा स्वर्ण पदक दिलाएकि थिइन् ‌।

Attariya Hospital

यस्तै बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डिलाशैनी गाउँपालिकाको छात्र तर्फको भलिबल टोलीलाई प्रतियोगिताबाट निष्कासित गरिको छ । दशरथचन्द नगरपालिकालाई २–० को सोझो सेटमा पराजीत गर्दै फाइनल प्रवेश गरेको डिलाशैनि गाउँपालिका निष्कासित गर्ने जिल्ला खेलकुद समिति निर्णय गरेको हो ।

डिलाशैनी गाउँपालिकाका एक खेलाडी यसअघि भएका एत्थलेटिक्सका अन्य खेलहरुमा सहभागी भएको भन्दै दशरथचन्द नगरपालिकाले खेलकुद विकास समितिमा उजुरी गरेको थियो । खेलकुद समितिले छानविन गर्दा उक्त कुरा पुष्टि भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

दशरथ चन्द नगरपालिका र सिगास गाउँपालिका बिच फाइनल खेल हुनेछ । डिलाशैनी गाउँपालिका बाहिरिएपछि मेलौली नगरपालिका तेस्रो भैसकेको छ ।

स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ २६ गते शुक्रवार देखि सुरु भएको १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विभिन्न खेलकुद कार्यक्रमकाबीच आज समापन हुदैछ ।