
बैतडी: चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
महरलाई बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई झाेलामा लुकाएर राखेकाे अवस्थामा चरेशसहित पक्राउ गरिएको हो ।




पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाटनले जनाएको छ।


































