बैतडीको बयलचौरमा प्रहरी पोष्ट स्थापना

Image
Nisarga Hospital

बैतडीः बैतडीको पाटन नगरपालिका–१ स्थित बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयाे ।

CP Hospital Dhangadhi

शान्तिसुरक्षाका हिसाबले बयलचाैरमा पाेष्ट राख्न अनिवार्य देखिएपछि पाेष्ट स्थापना गरिएको हाे। पाटन १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाको सभाध्यक्षमा सम्पन्न अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रमका प्रमखु अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा उपप्रमुख कमल सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नं गुल्मका प्रमुख कृष्ण सिंह पुजारा, नेपाली सेनाको हनुमानध्वज गुल्म गढी ब्यारेकका सेनानी लोकमणी अधिकारी, भुमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐर कपिल लगायत जनप्रतिनिधि, स्थानीय सरोकारवाला प्रतिनिधि, राजनितिक दलका प्मुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्रहरी पोष्ट स्थापनको खुसीमा स्थानीयहरुले छलिया नाचको साथमा पाहुनालाई स्वागत गर्दै खुशी साटासाट गरेका थिए ।
उक्त प्रहरी पोष्टले वडा नं १ र ७ को सान्ती सुरक्षाका लागि काम गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
असईकाे कमाण्डमा पाेष्टमा ६ जना रहनेछन् ।

बैतडीमा २४ वटा प्रहरी चौकी रहेका छन् भने याे संगै अस्थायी प्रहरी पोष्ट ६ वटा पुगेका छन् ।

Dhnagadhi & Krishanapur