सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । दिन प्रतिताला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँ पुगेको हो ।

CP Hospital Dhangadhi

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Attariya Hospital

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

nawajiwan