गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार बढी

Image
Nisarga Hospital

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ। १५७ जना घाइते भएका छन्।प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ।

Attariya Hospital

यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा चारप्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ।

nawajiwan