गाउँमा कल्भर्ट निर्माण हुँदैगर्दा स्थानीय हर्षित

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१ को आश्रम टोल/ बनदेबी टोलको खोलामा पाईप कल्भर्ट निर्माण हुँदैगर्दा स्थानीय हर्षित भएका छन ।

CP Hospital Dhangadhi

नगरपालिकाका १२ वटै वडा भित्र चुनावको समयमा पालिका भित्र कुन ठाउँमा के समस्या छन त्यसै अनुसार अगाडि बढेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । नगरमा भएका समस्याहरु आफ्नो बजेटले सक्नेजति त्यस अनुसार गर्ने गरेको उनले बताए । पालिकाको रकमबाट सम्भावना नभएमा दातृ निकाय संघसंस्थाहरुको सहयोगमा समस्याको समाधान गर्ने गरेको नगर प्रमुखको भनाई रहेको छ ।

nawajiwan

Attariya Hospital

नगरपालिका भित्र स्थानीय चुनावको समयमा गरेका बाचाहरु पुरा गर्दैगर्दा यस बस्तीका करिव २०–२५ घरधुरीका लागि सवारी साधन गुड्ने गरी पाईप कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी प्राबिधिकले बताए । यस कल्भर्टको लागि छेउपट्टी ग्याविन जालीले सहितको पक्की खाले सडकका लागि काम अगाडि बढिरहेको छ । निर्माणका क्रममा के कसरी हुदै गरेको छ ? भनि अनुगमन गरिएको भईरहेको छ ।

बिगतका बर्षमा बिद्युतको पोललाई वारीपारी पुग्ने गरी तेस्याई वारपार गर्ने गर्दथे भने अहिले निर्माणाधिन अवस्था देखि नै सवारीसाधन गुड्न मिल्ने भै सकेको र केही दिनमा नै निर्माण सम्पन्न हुने जानकारी स्थानीय कृष्णबहादुर बिष्टले बताए । स्थानीय सरकारले कल्भर्ट बनाउदै गरेको र यसै महिना भित्र सम्पन्न गर्ने गरी सडक बाटो बनेपछि स्थानीयलाई धेरै सुविधा भएकोले त्यहाँका सबै बासिन्दामा खुशीयाली छाएको अर्को स्थानीय निर्माला बोहराले बताईन ।