
बैतडी: बैतडीमा सम्पन्न भेट्रान ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रमुख जिल्ला अधिकारी (सीडीओ )भीमकान्त शर्मा र प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक गिरीकाे जाेडीले जितेकाे छ । जगन्नाथ ब्याडमिन्टन हल गढीमा मंगलबार सम्पन्न फाइनल भिडन्तमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सराेज ठकुराठी र पाटन नगरपालिकाकाे स्वास्थ्य शाखामा कार्यरत बीरबहादुर खातीकाे जाेडीलाई साेझाे सेटमा पराजित गर्दै सीडीओ र डीएसपीकाे जाेडीले उपाधि रक्षा गरेकाे हाे।

दुबै सेटमा हाबी भएकाे सीडीओ र डीएसपीकाे जाेडीले पहिलाे सेट २१-१० र दाेस्राे सेट २१-१५ काे अंकले जित हात पर्याे।
उपाधिसंगै सीडीओ र डीएसपीकाे जाेडीले २ हजार ५ सय मेडल र प्रमाणपत्र पुरूस्कार पाएकाे प्रतियोगिता संयाेजक तथा सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण पुजाराले जानकारी दिनुभयाे। उपविजेता ठकुराठी र खातीकाे जाेडीले १ हजार ५ सयमा चित्त बुझायाे।
विजेता उपविजेतालाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशीले पुरस्कार वितरण गर्नुभयो ।
प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा प्रतियोगिता यही फागुन ६ गतेदेखि सञ्चालन हुने भएको थियाे ।






































