पुर्चौडीमा पहिलोपटक ई -हाजिरी

Image
Nisarga Hospital

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा पहिलाेपटक विद्युतिय ई- हाजिरी लागु भएको छ । सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको नयाँ प्रविधि प्रयोग गरेको हाे।

CP Hospital Dhangadhi

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार कुँवरका अनुसार प्रविधिको उच्चतम प्रयोग गरी कार्यालयमा हुने हाजिरीलाई चुस्त दुरूस्त बनाई समयलाई मितव्ययी कायम गरी सेवा प्रवाहलाई जनमुखी एवम् उत्तरदायी बनाउन ई हाजारी सुरु गरिएको हाे। कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारी कार्यालय समयभित्र कतै जान नसकून् भनेर यो प्रविधि लागू गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै यो चालु आर्थिक वर्ष भित्रै नगरपालिका भित्र रहेका १० वटै वडा कार्यालय, १० वटै स्वास्थ्य चौकी र २ वटा सामुदायिक स्वास्थ्य इकाईमा समेत ई–हाजिरी प्रणाली जडान गरिने नगरपालिकाले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur