
बझाङः बझाङमा १९ हजार ११ जना बालबालिकालाइ दादुरा-रुवेला विरुद्धको खोप लगाइएको छ । बझाङमा यहि फागुन १३ गतेबाट १७ गते सम्म सञ्चालन गरीएको दादुरा-रुवेला विरुद्धको खोप अभियान अन्र्तगत ९ महिना माथी ५ बर्ष मुनिका १८ हजार ३ सय ७६ जना बालबालिकालाइ खोप लगाउने लक्ष्य राखेको भएपनि लक्ष्य भन्दा बढी १९ हजार ११ जना बालबालिकालाइ खोप लगाइएको स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशीले बताउनुभयो ।

खोप अभियान अन्र्तगत साइपाल गाउपालिकामा २ सय ७१ जना बालबासलकालाइदादुरा रुबेला खोप लगाइएको छ भने बुङगल नगरपालिकामा ३ हजार ३ सय ६८, सुर्मा गाउपालिकामा १ हजार ४ सय ५७, तल्कोट गाउपालिकामा १ हजार २७,मष्टा गाउपालिकामा १ हजार ३ सय १८, जयपृथ्बी नगरपालिकामा २ हजार ५ सय १५ जना बालबालिकालाइ खोप लगाइएको छ ।
यस्तै छबिसपाथीभेरा गाउपालिकामा १ हजार ३ सय ८७,दुर्गाथली गाउपालिकामा १ हजार १ सय ७,केदारस्यु गाउपालिकामा २ हजार १ सय ८५, बित्थडचिर गाउपालिकामा १ हजार ७ सय ७,थलारा गाउपालिकामा १ हजार ४ सय ९९ र खप्प्प्तड छान्ना गाउपालिकामा १ हजार १ सय ७० बालबालिकालाइ खोप लगाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपक ऐडिले बताउनुभयो ।


उक्त अभियानमा जिल्लाका १ सय ४७ खोप सेसनबाट १ सय ४७ जना स्वास्थ्यकर्मी र २ सय ९४ स्वयंसेवक परिचालित गरीएका थिए । यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विशेष तयारी गरीएको थियो । सोहि अभियान अन्र्तगत जिल्लामा ५८ बालिबालिकालाइ खोपको दायरामा ल्याइएको स्वास्थ्य कार्यालय बझाङमा जनस्वास्थ्य अधिकृत लाल बहादुर धामीले बताउनुभयो । यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, सरोकारवाला सबै आ-आफ्नो ठाउँबाट खटिएको उहाको भनाइ छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतयाः ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत धामीले बताउनुभयो ।
































