
बैतडी: बैतडीमा तेस्रोपटक पटक हिमपात भएकाे छ। दुईदिनदेखिकाे वर्षापछि साेमबार बिहान हिमपात हाे।

जिल्लाकाे दशरथचन्द,जयपृथ्वी,महाकाली राजमार्गकाे विभिन्न क्षेत्रमा हिमपात भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे। राजमार्गका खाेडपे,अनारखाेली,हरिचन,दुदिलाखान,ढाेल्यामाेड, बित्थड,सतबाँझ,धरमघरलगायतका स्थानमा हिमपात भएकाे हाे।

हिमपातका कारण राजमार्ग अवरुद्ध नरहेका ट्राफिक प्रहरी पाेष्ट खाेडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयाे।
यसैबीच हिमपात र वर्षाभएसंगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् ।





हिमपातले चिसो भने बढेकाे छ।चिसाेले गर्दा जनजीवन प्रभावित भएकाे छ। चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसाेकाे समयमा ताताे झाेलिलाे कुरा सेवन गर्न र न्यानाे लुगा लगाउन स्वास्थ्यकर्मीकाे सुझाव रहेकाे छ।
यसअघि बैतडीमा दाेस्राेपटक फागुन १० गते र माघ १८ गते पहिलोपटक हिमपात भएको थियो ।



































