सिगासकी देवकीले दिलाइन ३ हजार मिटर दौडमा पनि बैतडी लाइ दोस्रो स्वर्ण

Image
Nisarga Hospital

बैतडी:  सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्दै सिगास गाउँपालिकाकी देवकी धामीले ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेकी छिन ‌।

CP Hospital Dhangadhi

धनगढीमा आज भएको दौडमा शिवलिङ्ग मावि धौलाडीकी छात्रा देवकी कुमारी धामीले ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै बैतडी जिल्ला लाइ दोस्रो स्वर्ण पदक दिलाएकी सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ‌।

एथलेटिक्स तर्फको दौडमा सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल देवकी कुमारी धामीले बैतडी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिका बाट प्रतिनीधित्व गर्दै छात्रा तर्फ ३००० मिटर दौडमा प्रथम र छात्रा तर्फ १५०० मिटर दौडमा प्रथम हुँदै सिगास गाउँपालिका लाइ स्वर्ण पदक दिलाएकी थिइन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हिजो मात्र धनगढीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ सय मिटर छात्र छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै देवकी कुमारी धामीले बैतडी जिल्ला लाइ पहिलो स्वर्ण पदक दिलाएकी थिइन । दौडमा उत्कृष्ट प्रदर्शन गरेको मूल्याङ्कन गर्दै बैतडी जिल्ला खेलकुद समितीले छनोट गरी सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गरिरहेकी देवकी कुमारी धामीको उत्कृष्ट प्रदर्शन प्रति गौरवान्वित महशुश भएको शिक्षा अधिकृत रमेश प्रसाद भट्टले बताए ।

सिगास गाउँपालिकामा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगती गर्नमा उल्लेखनीय प्रयास गर्न सफल शिक्षा अधिकृत भट्टले यस अघि बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ विभिन्न स्थान हासिल गर्दै पदक दिलाएका खेलाडी लाइ नगद सहित सम्मान गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । यस्ता खेलले खेलाडीको पहिचान हुनुका साथसाथै सिगास गाउँपालिकालाई बैतडी जिल्लामा हेर्ने दृष्टिकोण परिवर्तन हुने साथै सिगास गाउँपालिकामा खेलकुद क्षेत्रमा विशिष्ट सम्भावना रहेको बताउदै आगामी दिनमा पनि शिक्षा युवा तथा खेलकुद क्षेत्रमा निरन्तर लागिरहने शिक्षा अधिकृत भट्टले बताए ‌।

सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्ने गरी सिगास गाउँपालिका बाट भलिबलमा रेमन वि.क. र अरूण वि.क., ८ सय मि. दाैडमा मञ्जु कुमारी धामी, १५ सय मि., ३ हजार मि. छात्रा दाैडमा देवकी कुमारी धामी र १५ सय मि. छात्र दाैडमा टेक सिह बोहरा छनौट भएका छन् ।

Dhnagadhi & Krishanapur