नेपाली राजनितिमा सत्तागठबन्धन टुक्रिएसँगै सुदूरपश्चिमको मुख्यमन्त्री को बन्ला त ?

Image
Nisarga Hospital

नेपाली राजनितिको नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ। जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो । अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको छ । हाल सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

CP Hospital Dhangadhi

जस अनुसार एमालेको भागमा मुख्यमन्त्री परे पार्टी पोलिट्ब्युरो सदस्य समेत रहेका संसदिय दलका नेता राजेन्द्र सिहं रावल मुख्यमन्त्री बन्ने छन् । तत्कालिन गठबन्धनमा १ महिने मुख्यमन्त्री बनेका रावल फेरी सुदुरपश्चिमको मुख्यमन्त्री बन्ने दावी गरिएको छ । यता माओवादीले मुख्यमन्त्री पाए संसदीय दलका नेता मानबहादुर धामी अब सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने छन् । पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

Attariya Hospital

उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बनेका थिए । धामीले केन्द्रका् सत्तागठबन्धन फेरिए संगै सुदुरपश्चिममा पनि छलफल थालिएको बताए । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती सुदुरपश्चिममा निर्णयक छ । चौधरी नेतृत्वको नागरिक उन्मुक्तीले सुदुरपश्चिममा मुख्यमन्त्री मागेको छ । उनको दलले मुख्यमन्त्री पाए हाल भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री समेत रहेका दलका नेता रामेश्वर चौधरी मुख्यमन्त्री बन्ने छन् । केन्द्रमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । सोही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज नयाँ समीकरणसहित मन्त्रिमण्डल गठन हुने भएको हो ।

nawajiwan

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धनप्रति आफू सकारात्मक भएको बताएका छन्। नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्। माओवादीका संसदीय दलका नेता मानबहादुर धामी नयाँ मुख्यमन्त्री बन्ने चर्चा पनि चल्न थालेको छ।