नेपालको घरेलु मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चुक्यो

Image
Nisarga Hospital

नेपाल घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चुकेको छ ।

CP Hospital Dhangadhi

मंगलबार भएको फाइनल खेलमा नेदरल्याण्ड्सँग ४ विकेटले पराजित भएसँगै नेपाल सिरिज जित्न चुकेको हो । नेपालले सिरिजमा फाइनलसहित पाँच खेल खेल्यो । जसमा तीनमा हार तथा दुई खेल मात्र जित्यो ।

पाहुना टिम नेदरल्याण्ड्सले भने पाँचमध्ये चारमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो । फाइनलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दिपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक/एक विकेट लिए । नेपालको हारमा बोहरा महंगो साबित भए । तीन ओभर बलिङ गरेका उनले एक विकेट लिँदा ३९ रन खर्चिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनायो । नेपालका ओपनर आसिफ सेखले ४७ रन बनाए । सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भए ।

Dhnagadhi & Krishanapur