भारतबाट ल्याइएको साढे १० लाखकाे अवैध सामानसहित दुईजना पक्राउ

Image
Nisarga Hospital

बैतडी: प्रहरीले बैतडीमा साढे १० लाख बढिको भन्सार छली गरि ल्याईएकाे अवैध सामानसहित दुई जनालाई पक्राउ गरेकाे छ। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका ७ खाेचलेकबाट जीपमा लैजादै गरेकाे उक्त सामानसहित २जनालाई पक्राउ गरिएको हाे ।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा बझाङकाे बुङगल नगरपालिका ११ पातलका से १ ज ७१८ नम्बरका जीप चालक ३४ वर्षीय वीरबहादुर बाेहरा र सहचालक साेही ठाउँका २४ वर्षीय पुष्कर बहादुर बाेहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो ।

भारतबाट अवैध रूपमा ल्याइएको १० लाख ५७ हजार ४०० बराबरको सामान जीपमा लैजादै गर्दा खाेचलेक प्रहरी चाैकीका प्रहरी हवल्दार सुरेन्द्र धामीकाे कमान्डमा खटिएको प्रहरी टाेलीले चेकजाँचकाे क्रममा सामान बरामद गरेकाे हाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बरामद गरिएकाे सामानमा १६३२ वन्डल बिडी,१२६ जाेर चप्पल रहेकाे छ। सामान ओसारपसार भइरहेकाे भन्ने बिषेश सूचनाको आधारमा प्रहरीले जीपसहित दुबैजनालाई समातेको जनाएको छ।
प्रहरीले उक्त सामानकाे मूल्य २लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयाेग भएको ८ लाख बराबरकाे जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।

यसअघि सदरमुकाम क्षेत्रबाट फागुन १८ गतेपनि ४७ हजारकाे अवैध सामान बरामद गरिएको थियोे ।

Dhnagadhi & Krishanapur