
रोल्पा: फागुन २२ कालिका लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय जुगारले बिमा बाफतको रकम रु ३८०५०० रुपैया कर्जा मिनाह र रु ५००० रुपैया काजक्रिया खर्च सहयोग गरेको छ ।


उक्त रकम जुगार शाखाका शाखा प्रबन्धक श्री दिनेश बोहरा र उपस्थित कर्मचारी श्री हुुमा कुमारी पुन मगरको हात बाट चक्रि गाउ मंगल ज्योती कालिका महिला समुह द्धारा हस्तानतरण गरिएको हो ।


मंगल ज्योती कालिका महिला समुह बिकास केन्द्रमा बचत तथा कर्जाको कारोवार गर्दै आउनु भएकी सदस्य श्री सुन्तली घर्तीको श्रीमानको असोज ८ गते ह्ृदय घात का कारण निधन भएको थियो ।


सोही समुहमा आबद्ध श्री साहनी घर्ती ज्युको निधन भएकोले काज क्रिया खर्च वापत रु ५००० उहाँको श्रीमान रोबर बहादुर घर्ती मगरलाई हस्तानतरण गरियो ।

उहाँ कालिका लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पामा बिगत २०७७ साल देखी आवद्ध भई कारोवार गर्दै आउनु भएको थियो ।





























