जनअपेक्षा पूरा गर्न एमाले सरकारमा सहभागी: उद्योगमन्त्री भण्डारी

Image
Nisarga Hospital

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले जनअपेक्षा पूरा गर्न अहिलेकाे नयाँ गठबन्धन बनेकाे बताउनुभयो ।

CP Hospital Dhangadhi

नेकपा एमाले बैतडीको नवाैं जिल्ला अधिवेशनकाे साेमबार पाटनमा उद्घाटन समारोहलाई सम्वाेधन गर्दै मन्त्री भण्डारीले जनताकाे निराशालाई आशामा बदल्न नयाँ गठबन्धन भएको बताउनुभएको हाे। उहाँले भन्नुभयाे,”राष्ट्रिय चुनाैतीलाई एकतामा बदल्न एमाले सफल भएकाेछ। जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हाैं ।जनताकाे शिर झुक्ने गरि काम गरिने छैन् । बैतडी र सिंगाे सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ। ”

देश निर्माणकाे लागि अहिलेकाे गठबन्धन बनेकाे बताउदै मन्त्री भण्डारीले चुनाैतीलाई अवसरमा बदल्नु आवश्यक रहेकाे बताउनुभयो । एमालेविरूद्धकाे गठबन्धन बिफल भएकाे छ। उहाँले भन्नुभयो,”देश संकटपूर्ण अवस्थामा छ, सरकारप्रति जनताकाे आक्राेश छ, हिजाे एमालेले अघि सारेका याेजना अलपत्र छन्।
सरकारमा जति दिन रहेपनि यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छाै। जनताकाे पक्षमा काम गरिनेछ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राजनितिक शक्ति सुन्तुलनकाे आधारमा देशमा परिवर्तन आएकाे भन्दै मन्त्री भण्डारीले एमालेलाई बाहिर राख्न खाेज्ने शक्ति पराजित भएकाे टिप्पणी गर्नुभयाे।
पार्टी मिसन ८४ मा हिडेकाेले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा मन्त्री भण्डारीकाे जाेड रहेकाे छ।

Dhnagadhi & Krishanapur