
बैतडीः बैतडीको मेलाैली नगरपालिका अन्तरपालिका महिला कबड्डी प्रतियोगिताकाे उपाधि नजिक पुगेकाे छ। भक्तपुरमा आज सम्पन्न सेमिफाइनलमा कञ्चनपुरकाे भिमदत्त नगरपालिकालाई ३७-३० काे सेटमा हराउदै मेलाैली फाइनलमा पुगेकाे हाे।

मेलाैलीले उपाधिका लागि रूपन्देहीको बुटवल उपमहानगरपालिकासंग खेल्ने मैलाैली नगरपालिकाका नगर खेलकुद संयाेजक सागर भण्डारीले जानकारी दिनुभयाे। उपाधि भिडन्त भाेलि शनिबार हुनेछ।
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा देशका विभिन्न पालिकाहरूकाे सहभागीता रहेकाे छ।




अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथोलाई ५० हजार पुरस्कार राखिएको छ।
नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएको छ।


































