
यतिबेला देेशकाे सङिय राजनीतिक फेरबदल भइरहे अवस्थामा नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्दजङ शाहि कर्णाली प्रदेशमा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ मा व्यस्त छन् । नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि निस्किएका शाही सल्यान रुकुम हुँदै अहिले डोल्पा पुगेका छन् ।

नेता शाहीले गएको चैत २ गतेदेखी सल्यान कपुरकोटबाट ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सुरु गरेका थिए । उनको लक्ष्य सल्यान कपुरकोटबाट हुम्ला सिमिकोटसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्ने रहेको छ । सोही क्रममा आफुले त्यहाँका कार्यकर्ता र स्थानीयबासीन्दाहरुसँग छलफल तथा अन्तरक्र्रिया गर्दै उनीहरुका गुनासो सुन्ने काम गरिरहेको नेता शाहीले बताएका छन् ।
नेता शाहीले भने, ‘पछिल्लो समय कार्यकर्ता र आमनागरिकमा निराशा बढिरहेको अवस्थामा ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ का क्रममा हुने अन्तरक्रिया र छलफलले पार्टीलाई थप उर्जाशील र गतिशील बनाउन र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थपिने बताए ।शाही चाैधाै महाधिवेशनमा कर्णाली प्रदेशकाे प्रदेश सभापतिकाे उम्मेदवार समेत रहनु भएको थियोे ! कर्णाली प्रदेशका आम क्रियाशील प्रतिनिधिहरुले आफुलाइ सन्ताेस जनक भाेट दिएको र आफु सभापतिमा प्रराजित भए पनि कर्णाली प्रदेशका दश वटै जिल्लालाई सभापति उम्मेदवार र पाटिकाे नेता हुदा सबै जिल्लाकाे पाटि संगठनकाे उति नै चिन्ता लाग्ने बताउनु भएको छ !
शाहीले याे अभियान पहिलाे न भएर याे भन्दा पहिले पनि दश वटै जिल्लामा संगठनकाे लागि समय समयमा हिडिरहेकाे बताउनु भएको छ ! कर्णाली प्रदेशका दश वटा जिल्लाकाे स्थलगत भेटघाट सकाएर अब देशभर दाैडिने बताउनु भएको छ ! बाकि छ प्रदेशमा पनि कार्यक्रमकाे ढाचा तयार पारेर संगठन मजबुत बनाउन र देशभरका क्रियाशील काङ्ग्रेसहरुकाे भावना बुझ्न याे अभियानकाे सुरु गरेको शाहिले बताउनु भएको छ !
नेता शाहिले कर्णाली प्रदेशको काङ्ग्रेसकाे मात्र नेता न भएर देशमा आइपर्ने आपतकालीन समस्या बाढि पहिरो भुकम्प ,आगजनी जस्ता समस्याहरु आइप्रदा आफु पाटि भन्दा माथि रहेर एउटा सामाजिक ब्यक्तिकाे रुपमा पाटि न भनि सहयोग सेवा गर्दै आइरहेको बनाउनु भएको छ !!

























