अछाम मेल्लेखमा ट्याक्टर दुर्घटना : ५ को मृत्यु, ३ जना घाइते

Image
Nisarga Hospital

अत्तरिया : अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो।

CP Hospital Dhangadhi

सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ बर्षीय रंग धामी, ४५ बर्षीया प्रेम धामी, ३६ बर्षीया नरबहादुर धामी, २१ बर्षीया जनक धामी र १५ बर्षीया जनक धामी रहेका छन ।

Attariya Hospital

यस्तै सोही ठाउका ४२ बर्षीया लाल बहादुर धामी, ४० बर्षीया हंस धामी र १५ बर्षीया बालक देबेन्द्र धामी घाईते भएको अछाम प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

nawajiwan