सशस्त्र प्रहरीबलको एक प्लाटुनले २४ सै घण्टा सीमामा गस्ती गर्ने

Image
Nisarga Hospital

सशस्त्र प्रहरी बलको एक प्लाटुनले २४सैं घण्टा सीमामा गस्ती गर्ने भएको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा चौबिसैं घण्टा गस्ती गर्ने गरी अवधारण समेत बनाइएको छ ।

CP Hospital Dhangadhi

‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू समेत गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ हुने बताइएको छ । अन्तराष्ट्रिय सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैह्रकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।