
मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
































