कैलालीको खुटीया नदीमा भेटिएका पुरुषको मृत्यु भएको पुष्टि

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।

CP Hospital Dhangadhi

उनी गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ । मानसिक बिरामी समेत रहेका उनी हिजोदेखी हराईरहेका थिए ।

दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले बताएका छन् ।