
अत्तरिया : सुदुरपश्चिमका चर्चित गायक दिपेन्द्र प्रसाद दहाल र लक्ष्मी नेपालीको स्वरमा रहेको ‘खेल देउडा’ देउडा गित सार्वजनिक भएको छ । सुदूरपश्चिमको लोकदेउडा भाकालाई ठट्यौली अभिनय गर्दै झरना बोहरा र रमेश बिजुली बिसीको प्रमुख भूमिका रहेको देउडा गित Jayakali Creation युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सुदूरपश्चिमको मौलिक संस्कृतीलाई उजागर गर्दै कैलालीका बिभिन्न ठाउँमा छायाङ्कन गरिएको गित सुदूरको पन झल्कने गरि गितलाई टेक ऐरको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत बिनोद बाजुरेलीले गरेका छन ।
रमेश बिजुली बिसिको कोरियोग्राफर, मोडेल र निर्देशनमा रहेको उक्त गितमा स्वयम बिजुली र झरना बोहराले अभिनय गरेका छन ।

























