कैलालीको अत्तरियामा रमजान पर्वको अबसरमा शुभकामना आदानप्रदान

Image
Nisarga Hospital

अत्तरियाः रमदान (रमजान) महिना सकिएको खुसियालीमा कैलालीको अत्तरियामा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी रमजान पर्व मनाएका छन ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमका बिषिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सांसद तुल्सी देवकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र, पूर्व सामाजिक विकास मन्त्रि कृष्णराज सुबेदी, नेपाली कांग्रेस क्षेत्र न ४ का सभापति बसन्त रोकाया लगायत बुद्धिजिबि, सामाजिक ब्यक्तित्व, मुस्लिम समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

इस्लाम धर्मालम्बी (मुस्लिम समुदाय) को मूख्य पर्व रमजान मुबारकको अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शुभकामना ब्यक्त गरेका छन ।

गोदावरी नगरपालिका वडा न. १ मा आयोजित मुस्लिम समुदायको कार्यक्रम मार्फत रमजान पर्वले सबै जात, जाती, भाषा, भाषि, समुदाय बीचको भाइचारा, एकता कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास रहेको समेत बताएका छन ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख प्रमुख अतिथि हुदै गर्दा प्रदेशको राजधानी तोकिएको ६ बर्ष कट्दा नि केही उपलब्धि नभएको र छिट्टै तोकिएकै स्थान गोदावरी नगरपालिका भित्र प्रदेश राजधानी स्थापना गर्न दबाबका लागि नगर प्रमुख भट्टले बोलेका छन ।

कार्यक्रमका प्रमुख अतिथि मियाँले गैर मुस्लिम समुदायले पनि रमजान पर्ब मनाउन सरिक हुनु भएकोमा धन्यवाद सँगै यसरी नै बिभिन्न जातजारी धर्म संस्कृत सदैध राखि राख्न समेत सुझाव दिएका छन ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ । रमजानको अन्तिम दिन चन्द्रमा हेरेसँगै भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।