ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाद्वारा उपचारका लागि रकम सहयोग

Image
Nisarga Hospital

अत्तरिया : सुदुरपस्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाले आर्थिक सहयोग गरेको छ।

CP Hospital Dhangadhi

विगत १५ वर्ष देखि अत्तरियाको महेन्द्रनगर रोडमा नेहा ब्युटी पार्लर चलाउँदै आइरहेकी सञ्चालिका सुनन्दा पाण्डेका छोरा नेहल पाण्डेको उपचारका लागि आर्थिक समस्या भएको हुँदा मंगलबार सुदुरपस्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाले घरमै पुगी नगद रकम सहित चेक हस्तान्तरण गरेको हो।

सुदुरपस्चिम ब्युटीपार्लर एशोसिएसन अत्तरिया शाखाकी अध्यक्ष एबं अत्तरियाको न्यू लुक्स ब्युटी सलुनकी सञ्चालिका दीपिका कुँवरले  ३ वर्ष देखि उपचारत रहेको हाल उपचारको आर्थिक अभाव भएको हुँदा  उनले ४ हजार १ सय ५ रुपैयाँ नगद संकलन गरेको र एशोसिएसन तर्फबाट २० हजार १ सय ५५ रुपैयाँ चेक हस्तान्तरण गरेको बताईन्।

छोराको उपचार गर्दै आइरहेकी नेहा ब्युटी पार्लरसञ्चालिका सुनन्दा पाण्डेले ब्युटी पार्लर एशोसिएसन अत्तरियालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो छोराको करिब ३ वर्ष अघि दुर्घटना भएको बताइन्। उनले छोराको ३वर्ष देखि अहिले सम्म पनि निरन्तर उपचार गर्दै आइरहेको र हाल उपचारको लागी आर्थिकको अभाव भएको हुँदा अत्तरिया ब्युटी पार्लर एशोसिएसनलाई सहयोगको अपील गरेको बताईन्।

अहिले सम्म छोराको उपचारमा २५ देखि३० लाख सम्म खर्च भइसकेको र हाल आर्थिक अवस्था कमजोर हुँदै गएको बताईन्। साथै उनले उपचारमा सहयोग गर्न सहयोग लागी कृषि विकास बैंक लि खाता नं अर्थात 9866605278 मोबाइल नं मा सहयाेग गरिदिनुहुन अपिल समेत गरेकी छिन्।