
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा स्थानिय तह अन्तगर्तको लैङ्गिक तथा अपाङ्गगता उत्तरदायि निती, बजेट तथा योजना तर्जुमाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अपाङ्ग एकता समाज र नेपाल अपाङ्ग महिला संघ, कैलालीको आयोजना, गोदावरी नगरपालिकाको सहकार्य र राष्ट्रिय आदिवासी, जनजाती अपाङ्ग महिला संघ नेपालको समन्वय र युएन्पिआरपिडी र यु वमनको आर्थिक सहयोगमा बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि दत्त भट्ट लैङ्गिक तथा अपाङ्गगता भएका व्यक्तिहरुले गरेका माग र आवश्यकता अनुसार बजेटको परिधीभित्र रहेर मागहरु सम्बोधन र संशोधन गरिने बताउनु भयो । सम्बन्धित संस्थाले वडा तथा नगरपालिकामा पनि बजेट छुट्याउने समयमा मागहरु ल्याएर आउन सके अझ सहज हुने उहाको भनाई छ । जसले गर्दा विकास संगै मागहरु पुर्ती गर्न सकिने बताउनु भएको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्टले विभिन्न कारणबस शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई सबैले सम्मान तथा साथ, सहयोग गर्नुपर्ने बताउनु भयो । गोदावरी नगरपालिकाले प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट विनियोजन गरेको उहाँको भनाइ छ । अपाङ्ग व्यक्तिलाई महिला तथा बालबालिका शाखाले पनि आवश्यक सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
अपाङ्ग एकता समाज,कैलाली का अध्यक्ष अनिल मल्लले गत आर्थिक वर्षमा गोदावरी नगरपालिकाको १ देखि ९ वटा सम्म आफुले अपाङ्गता भएका व्यक्तीहरुको पहिचान सहितको प्रपोजल पेश गरेको बताउनु भयो । अपाङ्गता भएका व्यक्ति भनेर कुनै वडामा बजेट न्यून छुट्याउने गरेको उहाँको गुनासो छ । अपाङ्गता भित्र पनि विविधता हुने भएकाले आगामी दिनहरुमा सबैलाई सम्बोधन हुने गरि स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने उहाँको माग छ । अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकार सुनिश्चत हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।































